काठमाडौं, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा मंसिर २२ गते आह्वान गरेको छ । सभा मंसिर २२ गते, बुधबार हिमालयन दृश्य रिसोर्ट, धुलिखेल(३, काभ्रेमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।
संस्थाको कार्तिक २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया