विजय लघुवित्तको २१.०८५ % लाभांश घोषणा, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं, विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५४ प्रतिशत नगद लाभांश गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया