हाल प्रतिकित्ताको मुल्य रु.४५ सय माथि रहेको जीवन विकास लघुवित्तको नाफा ३५.३९ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं, जीवन विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३५.३९ प्रतिशतले खुद नाफा वृद्धि गरी १७ करोड ६६ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । खुद ब्याज आम्दानी ४४.२७ प्रतिशतले बढेको छ । साथै, गत वर्ष सञ्चालन नोक्सान ब्यहोरेकामा अहिले १५ करोड ८३ लाख रुपैयाँ सञ्चलन नाफा गरेपछि खुद नाफामा पनि सुधार भएको हो । 
 
यता, निक्षेप संकलन र कर्जा लगानीमा पनि विस्तार भएको छ । आइपीओ बिक्री गरी पुँजी ६० करोड ४० लाख रुपैयाँ पुर्याएको छ भने रिजर्भ कोष निकै आकर्षक देखिएको छ । रिजर्भ कोषमा ९७.६४ प्रतिशत वृद्धि गरी १ अर्ब ४९ करोड ७१ लाख रुपैयाँ जम्मा गरेको छ । जीवन विकासको प्रतिशेयर आम्दानी वार्षिक ११६ रुपैयाँ ११ पैसा र प्रतिशेयर नेटवर्थ ३७१ रुपेयाँ ७७ पैसा छ ।

केही समय अघि मात्र आईपीओ निष्कासन गरेको लघुवित्तको शेयरमा हाल प्रतिकित्ताको मुल्य रु.४ हजार ५३५ रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया