काठमाडौं , शिखर इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा खुद नाफा ९.२८ प्रतिशतले बढेर १३ करोड ३६ लाख ५२ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसै अवधिमा भने १२ करोड २३ लाख २ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको खुद बिमा शुल्क आर्जन २.५३ प्रतिशतले बढेर ४४ करोड ५० लाख ३८ हजार रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार पनि २१.७७ प्रतिशतले बढेको छ ।
शिखरको चुक्ता पुँजी २७.९४ प्रतिशतले बढेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद सेयर बिक्री गरर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । उक्त हकप्रद बिक्री भएमा ५२ करोड रुपैयाँ भन्दा बढीले पुँजी वृद्धि हुनेछ । रिजर्भ कोष भने २८.८२५ प्रतिशतले घटेको छ । शिखरको प्रतिशेयर आम्दानी पनि ५ रुपैयाँ १० पैसाले घटेर ३० रुपैयाँ ४० पैसामा सीमित भएको छ ।
प्रतिक्रिया