१५.५ % लाभांश पारितका लागि  नेपाल बंगलादेश बैंकले डाक्यो साधारण सभा, बोनस र नगद लाभांश कति ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत लाभांश पारितका लागि बिहीबार (मंसिर २ गते) वार्षिक साधारण सभा डाकेको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव रहेको छ । साधारण सभा बिहान ११ बजे भर्चुअल मध्यमबाट सुरु हुनेछ । यसका लागि बैंकले सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने बताएको छ ।
 
सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गरेको छ । यसर्थ, कात्तिक १४ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया