बोटलर्स नेपाल (तराई) को नाफा ३८ करोड माथि, प्रतिशेयर आम्दानी पनि रु.१२ माथि

४ बर्ष अगाडि

काठमाडौं, बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छ । 

वित्तिय विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीले ३८ करोड ९ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको देखिन्छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३३.१९ प्रतिशतले धेरै हो । गत बर्ष यसै अवधिमा कम्पनीले २८ करोड ६० लाख ११ हजार रुपैयाँ कमाएको थियो ।

समीक्षा अवधीसम्ममा कम्पनीको चुक्तापुँजी १२ करोड १० लाख रहेको छ भने जगेडा कोषमा कम्पनीको २ अर्ब ९५ करोड ३० लाख ६४ हजार रहेको छ । 

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी र प्रतिसेयर नेटवर्थ पनि बढेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी बार्षिकृत १ हजार २६० रुपैयाँ पुगेको छ जुन गत आर्थिक बर्षमा ९ सय ४५ रुपैयाँमा सिमित थियो । त्यस्तै यो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २५४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२ गुणा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया