विभिन्न ६ वटा कम्पनीले बोलायो साधारण सभा, कुनको कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - विभिन्न ६ वटा कम्पनीले साधारण सभा बोलाएका छन् । नेपाल बङ्गलादेश बैंक, गुराँस लाइफ इन्स्योरेन्स, आरबीबी मर्चेन्ट बैंकिङ, सोल्टी होटेल लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्सले आ आफ्नो वार्षिक साधारण सभा बोलाएका हुन् । 

१. नेपाल बङ्गलादेश बैंक लिमिटेड
नेपाल बङ्गलादेश बैंकको २७औँ वार्षिक साधारण सभा मंसिर २ गते  बैंकको रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

२. गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
गुराँस लाइफ इन्स्योरेन्सको एघारौँ वार्षिक साधारण सभा मंसिर १० गते कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट आयोजना हुनेछ । 

सभामा कम्पनीको साउन २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

३. आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड
आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको छैठौँ वार्षिक साधारण सभा कार्तिक ३० गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रिय कार्यालय सिंहदरबार प्लाजामा दिउँसो ३ बजेबाट सुरू हुनेछ । सभामा चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

४. सोल्टी होटेल लिमिटेड
सोल्टी होटेल लिमिटेडको ४७औँ वार्षिक साधारण सभा मंसिर २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ताहाचल, काठमाडौँमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूको हात खाली हुने भएको छ । 

त्यसैगरी, साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि मंसिर २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

५. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३५ औँ वार्षिक साधारण सभा मंसिर १७ गते  दरबारमार्ग, काठमाडौँस्थित आफ्नो केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । 

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

बैंकले साधारण सभामा सहभागी हुने र लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर ६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । 

६. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारण सभा मंसिर १९ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया