लाभांश पारित गर्न ४ वटा लघुवित्तले बोलायो साधारण सभा, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - विभिन्न ४ वटा लघुवित्त वित्तीय संस्था लिमिटेडहरुले साधारण सभा बोलाएका छन् । आरएसडिसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, लक्ष्मी लघुवित्त र एनआईसी एशिया लघुवित्तले आ आफ्नो वार्षिक साधारण सभा बोलाएका हुन् । 

१. आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड
आरएसडिसी लघुवित्तको ८औँ वार्षिक साधारण सभा मंसिर १० गते, एशियन होटल, कालिकानगर, बुटवल, रूपन्देहीमा बिहान ९ बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ३० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२. फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको बाह्रौँ वार्षिक साधारण सभा मंसिर १६ गते आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको भदौ १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव पारित गरिनेछ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर ५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड
लक्ष्मी लघुवित्तको दशौँ वार्षिक साधारण सभा मंसिर १० गते अग्रवाल भवन कमलपोखरी काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७.७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि ३० कात्तिकमा बुकक्लोज गर्ने भएको छ । त्यसैले, २९ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन् ।

४. एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड
एनआईसी एशिया लघुवित्तको चौँथो वार्षिक साधारण सभा मंसिर ५ गते धरान व्याकेट, धरान–१३, सुनसरीमा हुनेछ । 

सभामा संस्थाको असोज १८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक २३ गते, मंगलबार बुकक्लोज गरेको छ । त्यसैले, कार्तिक २२ गते, सोमबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया