आरविवि मर्चेण्ट बैंकिङको सभा मंगलवार,लाभांश प्रस्ताव कति ?

४ बर्ष अगाडि

काठमाडौं, आरविवि मर्चेण्ट बैंकिङको छैठौं वार्षिक साधारण सभा भोलि (मंगलवार) हुँदैछ ।

सभा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कार्यालय सिंहदरबारमा दिनको ३ बजे हुने भएको हो । सभाले १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाको विशेष प्रस्तावमा कम्पनीको नियमावली संशोधन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया