कफी बीमालेख जारी, किसानको दुर्घटनाबाट मृत्यु भए २ लाख कम्पनीले भुक्तानी गर्ने

४ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले उत्पादनमा आधारित कफी बीमालेख जारी गरेको छ । कफी खेतिमा हुन सक्ने संभावित क्षति वा जोखिमको रक्षावरण गर्न समितिले कफी बीमालेख जारी गरेको जनाएको छ ।

समितिले जारी गरेको कफी बीमालेख अनुसार कफी खेतीमा अग्नीजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य, भुमिजन्य, चट्याङ्जन्य, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट भएको क्षति र रोग तथा किराजन्य क्षतिको रक्षावरण हुनेछ ।

यस्तै बीमा अवधि भित्र बीमित (किसान) को दुर्घटनाबाट मृत्यु भएका बीमांकको अतिरिक्त दुर्घटना बीमापावत बीमांक रकम २ लाख रुपैयाँ बीमा कम्पनीले भुक्तानी गर्नेछ । तर यस्तो सेवा पाउन बीमितले दुर्घटना बीमा वापत पाँच सय रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया