नेसनल माइक्रोफाइनान्सको नाफा  १८०.४५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १०६.१८ रुपैयाँ

४ बर्ष अगाडि

काठमाडौं, नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १८०.४५ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १८०.४६ प्रतिशतले बढेर १८ करोड १८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ६ करोड ४८ लाख रुपैयाँमा सीमित थियो। 

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि १८४.३० प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ८ करोड ६७ लाख रुपैयाँमा खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर २४ करोड ६५ लाख रुपैयाँ भएको छ। 

संस्थाले ६ अर्ब ३४ करोड रुपैयाँ सापटी लिई ९ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ७१ करोड सापटी लिई ५ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार १६५.९५ प्रतिशतले बढेर ६७ करोड ४४ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा २५ करोड ३५ लाख रुपैयाँ थियो।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी १०६.१८ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात २७.९० गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २६०.९४ रुपैयाँ रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया