११ अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, आज बोलकबोल भएर भोलि बिक्री हुने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले ११ अर्ब ८५ करोड ५० लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल फागुन ३ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि ९ अर्ब ८५ करोड ५० लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल जेठ ३ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो २ बजे बोलकबोल भएर भोलि बिक्री हुनेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया