काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा ४.१५ प्रतिशतले घटेर ४ करोड ९ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको सोही अवधिमा भने ४ करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा गुराँसको खुद बिमा शुल्क आर्जन पनि १०.३० प्रतिशतले घटेर ८६ करोड ३३ लाख आठ हजार रुपैयाँ मात्र छ ।
जीवन बिमा कोषको आकार भने २७.८७ प्रतिशतले बढेर १० अर्ब ८८ करोड १८ लाख ७७ हजार रुपैयाँ पुगेको छ । तीन महिनामा कम्पनीको जगेडा कोषमा सामान्य सुधार आएको छ । यस अवधिसम्ममा इन्सुरेन्सको चुक्ता पुँजी एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ छ ।
प्रतिक्रिया