सानिमा माईको नाफा २४ करोड माथि, प्रतिशेयर आम्दानी ८.६८ रुपैयाँ हुदाँ अन्य सूचकको अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौँ, सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ७.६६ प्रतिशतले बढेको छ। गत वर्ष २२ करोड ६३ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर २४ करोड ३६ लाख रुपैयाँ भएको छ। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ०.९३ प्रतिशतले बढेर ३४ करोड ३८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३४ करोड ६ लाख रुपैयाँ विद्युत बिक्रीबापत आम्दानी गरेको थियो। 

चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ९१ करोड ५० लाख रुपैयाँ रहेको छ। गत वर्ष रिटेन्ड अर्निङमा ८७ करोड ८० लाख रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ८.६८ रुपैयाँ रहेको छ। गत वर्ष ईपीएस ८.८६ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १३२.८२ रुपैयाँ रहेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया