फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाफा ८ करोड ३९ लाख, जगेडा कोषमा १ अर्ब ३४ करोड

४ बर्ष अगाडि

काठमाडौं - फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६.१५ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ८ करोड ९४ लाख रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ६.०४ प्रतिशतले घटेर २७ करोड २५ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २९ करोड १ लाख रूपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ६.१५ प्रतिशतले घटेर १३ करोड १८ लाख ८० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा १४ करोड ५ लाख  रूपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ६२ करोड ५५ लाख र जगेडा कोषमा १ अर्ब ३४ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा संस्थाको रिजर्भको आकारमा ३३ प्रतिशतले बृद्धि भएको हो । 

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ ६७ पैसा पुगेको छ । संस्थाको  प्रतिसेयर नेटवर्थ ३१५ रुपैयाँ ५३ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया