४९ करोड ३८ लाख चुक्ता पुँजी रहेको नेरुडे लघुवित्तले ४ करोड ७५ लाख नाफा कमायो

४ बर्ष अगाडि

काठमाडौं - नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।  

विवरण अनुसार  लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३१६ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड १४ लाख रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ७८.६५ प्रतिशतले बढेर १७ करोड १९ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ९ करोड ६२ लाख रूपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४९ करोड ३८ लाख र जगेडा कोषमा ७१ करोड ०५ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा संस्थाको रिजर्भको आकारमा ५१.७९ प्रतिशतले बृद्धि भएको हो । 

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३८ रुपैयाँ ५२ पैसा पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया