काठमाडौं - आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक ३० गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १० गते साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया