छिमेक लघुवित्तको नाफा २१ करोड ४१ लाख बढि, प्रतिसेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २१ करोड ४१ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २३१.५३ प्रतिशतले धेरै हो । 

गत वर्षको यसै अवधिमा संस्थाले ६ करोड ४५ लाख ८० हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २३.५० प्रतिशतले बढेर ५३ करोड ३८ लाख ६० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ४३ करोड २२ लाख ६६ हजार रूपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि प्रतिशतले बढेर ३१ करोड ५२ लाख ४३ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा ४ करोड २८ लाख  रूपैयाँ ऋणात्मक थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ८३ करोड र जगेडा कोषमा ३ अर्ब २८ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा संस्थाको रिजर्भको आकारमा ८४.९४ प्रतिशतले बृद्धि भएको हो । 

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ८० पैसा पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया