प्रतिसेयर आम्दानी १०६ रुपैयाँ १८ पैसा पुगेको नेशनल माइक्रोफाइनान्सले कमायो ११ करोड ४५ लाख ९५ हजार नाफा

४ बर्ष अगाडि

काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार संस्थाको नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि बढेको छ । लघुवित्तको उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८०.४५ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ४ करोड ८ लाख ६० हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १८४.३० प्रतिशतले बढेर २४ करोड ६५ लाख १६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ८ करोड ६७ लाख ९ हजार रूपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि प्रतिशतले बढेर १८ करोड १८ लाख ९७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ६ करोड ४८ लाख ५७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४१ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा ६७ करोड ४४ लाख ३८ हजार रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा संस्थाको रिजर्भको आकारमा १६५ प्रतिशतले बृद्धि भएको हो । 

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १०६ रुपैयाँ १८ पैसापैसा पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया