काठमाडौं, सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न दसौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश अनुमोदन गरेको छ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरी जम्मा २० प्रतिशत लाभांश सहित अन्य प्रस्तावहरु पारित गरेको हो।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७४ शाखा कार्यालयमार्फत ५८ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ७५ करोड बचत संकलन गरी रु. ३ अर्ब २७ करोडभन्दा बढी लगानी गरेकोे छ।
प्रतिक्रिया