काठमाडौं, गत साता बैंकहरुको निक्षेप संकलन १५ अर्ब रुपैयाँले घटेको छ। बैंकर्स संघको तथ्याँक अनुसार कार्तिक १७ गतेदेखि २६ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन १५ अर्ब रुपैयाँले घटेको हो।
कार्तिक २६ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ४२ खर्ब २३ अर्ब रुपैयाँमा झरेको छ।। जसमा १ खर्ब २४ अर्ब विदेशी मुद्राको निक्षेप छ।
गत साता कर्जा लगानी भने ३ अर्ब रुपैयाँले बढेको तथ्यांकले देखाउँछ। कार्तिक २६ गतेसम्ममा कर्जा लगानी बढेर ४० खर्ब २८ अर्ब रुपैयाँमा पुगेको छ।
प्रतिक्रिया