भोली सम्म कायम शेयरधनीले मात्र लक्ष्मी लघुवित्तको २० प्रतिशत बोनस र ७.३७ प्रतिशत लाभांश पाउने

४ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक ३० गते बुक क्लोज गर्ने भएसँगै कात्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ७.३७ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १० गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे अग्रवाल भवन कमलपोखरीमा आयोजना गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया