काठमाडौं - मनकामना स्मार्ट लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार, लघुवित्तको खुद नाफा ७३ दशमलव ९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्को खुद ब्याज आम्दानी ४८ दशमलव ३७ प्रतिशतले बढेर एक करोड ९४ लाख १० हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले एक करोड ३० लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असोज मसान्तसम्मा कम्पनीको सञ्चालन आम्दानीमा भने नोक्सान भएको छ । यसअवधिमा कम्पनी ५० लाख १२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ ।
लघुवित्तको खराब कर्जा ३.७३ प्रतिशतले बढेर ९.३३ प्रतिशत पुगेको छ । त्यस्तै, लघुवित्तको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ०५ पैसा छ ।
प्रतिक्रिया