काठमाडौं - सोल्टी होटेल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ४७औँ वार्षिक साधारण सभा मंसिर २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ताहाचल, काठमाडौँमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूको हात खाली हुने भएको छ । सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक आर्थिक विवरणहरु, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण (नगद प्रवाहको विवरण), तथा ईक्वीटीमा भएको परिवर्तनको विवरण माथि छलफल गरिने छ ।
त्यसैगरी, साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि मंसिर २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया