काठमाडौं - लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ ।
बैंकले यस अघि प्रस्ताव गरेको लाभांशमा नगद लाभांश घटाइ बोनस शेयरमा जोड दिएको छ । बैंकले अब १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
नेपाल राष्ट बैंकको निर्देशनपश्चात बैंकले लाभांश संशोधन गरेको हो । कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो । यस अघि बैंकले १० प्रतिशत बोनस शेयर र ३.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया