बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्स सम्झौता

४ बर्ष अगाडि

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले मोडर्न रेमिटान्स प्रा.लि.सँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको छ । 

बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पु¥याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट श्री माडर्न रेमिटान्स प्रा. लि. मार्फत पठाउनु भएको रकम नेपाल भित्ररहेको बैंकको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सरल र सुलभ रुपमा सम्बन्धित ग्राहकहरुले भुक्तानी पाउन सक्नेछन् । 

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया