काठमाडौं - युनाईटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत आर्थी वर्षको सोहि अवधिको तुलनामा १३ लाख रुपैयाँले बढि हो । गत वर्ष कम्पनीले १ करोड ६ लाख खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म कम्पनीले २१ करोड ४० लाख बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले बीमा शुल्क मार्फत १३ करोड १३ लाख आर्जन गरेको थियो ।
सो अवधिसम्ममा कम्पनीले ७ करोड ८ लाखभन्द बढी दावी भुक्तानी गरेको छ । यस्तै कम्पनीको बीमा कोषमा ३३ करोड ८८ लाख रहेको छ । कम्पनीको जगेडा कोषमा ११ करोड ७७ लाख रहेको छ ।
समिक्षाअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४४.४१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया