काठमाडौं - हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार, चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २६.९३ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको सञ्चालनबाट कुल आम्दानी १७.९७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.९८ प्रतिशत बढेको छ ।
खुद नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ रुपैयाँ २३ पैसा घटेर ९७ रुपैयाँ ४० पैसामा झरेको छ । कम्पनीले ५० प्रतिशत बोनस शेयर वितरण गरेका कारण यस्तो आम्दानी घट्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५० प्रतिशत बढेको छ भने जगेडा कोष ५६।२७ प्रतिशत बढेको छ ।
प्रतिक्रिया