काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.८२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.२० प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४६.२८ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीमा ६६.६७ प्रतिशत बढेको छ भने जगेडा कोष ४५।६९ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १९.२६ प्रतिशत र कर्जा उल्लेख्य बढेको छ ।
नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँबाट १ रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसामा झरेको छ ।
प्रतिक्रिया