सिटिजन्स बैंकले ३५ हजार ५३५.९९ कित्ता संस्थापक शेयर बिक्री गर्ने

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कम्पनीका संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ३५ हजार ५३५.९९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै उक्त शेयर बिक्री गर्ने जनाएको हो । कम्पनीले न्यूनतम बिक्री मूल्य प्रतिशेयर २०४ तोकेर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।

गत भदौ २ गते सूचना प्रकाशित गरी कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरीद गर्न आह्वान गरेको थियो । सो समयमा उक्त शेयर खरीद गर्न संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर बिक्री गर्न लागेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया