माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश प्रस्ताव पारित

४ बर्ष अगाडि

काठमाडौं, माछापुच्छ्रे बैंक लिमिटेडको शुक्रबार सम्पन्न २३ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिकको सञ्चालक समितिको वार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान बाँडफाँड, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु समेत पारित भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा संचालक समितिले ञँकी कार्यकालसम्मको लागि नियुक्त गरेको सञ्चालकहरुको नियुक्ति अनुमोदन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया