ब्याज आम्दानी ४८ प्रतिशत वृद्धि हुदाँ मनकामना स्मार्ट लघुवित्त नाफा ५० लाख नजिक, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण  सार्वजनिक गरेको छ ।

विवरण अनुसारकम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २७ लाख ८ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.४७ लाख ११ हजार पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी वृद्धि भएकाले र रू. ६४ लाख ३८ हजार खराब कर्जा संकलन गर्न कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४८ प्रतिशत वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार रहेको छ भने जगेडामा कम्पनीले रू। ६ करोड ६६ लाख ९५ हजार सञ्चित गरेको हो ।

चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू ५८ करोड ७६ लाख ९५ हजार सापटि लिएर, रू. ३३ करोड ४८ लाख ७० हजार निक्षेप संकलन गरेर रू. १ अर्ब १ करोड ९४ लाख कर्जा लगानी गरेको हो ।

त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. १५.५५, मूल्य आम्दानी अनुपात ११९ र प्रतिशेयर नेटवर्थ रू. १५५ .०५ रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया