काठमाडौं, प्रभु बैंक लिमिटेड शेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु बैंकको शेयर कारोबार फुकुवा गरेको हो।
हिजो बिहीबार नेप्सेले कारोबार समयमा प्रभु बैंक सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको भन्दै प्रभु बैंकको शेयर कारोबार रोक्का राखेको थियो। शेयर कारोबार रोक्का गर्नुका साथै नेप्सेले त्यसो गर्नुको चित्तबुझ्दो कारण खुलाउन भन्दै स्पष्टीकरण पनि सोधेको थियो।
प्रभु बैंकले हिजै पत्र पठाउँदै आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक डाकी लाभांश वितरणसम्बन्धी निर्णय नगरिने प्रतिबद्धता जनाएपछि नेप्सेले शेयर कारोबार फुकुवा गरिदिएको हो
प्रतिक्रिया