काठमाडौं, नेपाल राष्ट्रबैंकले मर्जरको लिखित प्रतिबद्धता नल्याएसम्म प्रस्तावित नगद लाभांश वितरण नगर्न हिमालयन बैंकलाई निर्देशन दिएको छ ।
राष्ट्रबैंकले हिमालयन बैंकबाट प्रस्ताव गरेअनुसार लाभांशलाई स्वीकृति दिए पनि त्यसमध्ये नगद लाभांश वितरणअघि चाहिँ नेपाल इन्भेष्टमेन्ट बैंकसँग जारी मर्जर प्रक्रिया निष्कार्षमा पुर्याउने गरी लिखित प्रतिबद्धता मागेको हो ।
हिमालयन बैंकको संचालक समितिको २०७८ असोज २० गते बसेको ४१२ औं बैठकले आव २०७७/७८ को वितरणयोग्य मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ को २१.६८ प्रतिशत अर्थात रु.२ अर्ब ३१ करोड ६३ लाख ७८ हजार ९९.५१ बराबरको बोनस शेयर तथा ४.६२ प्रतिशत अर्थात रु.४९ करोड ३६ लाख १९ हजार ३ सय १८.२५ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
यो प्रस्ताव केन्द्रीय बैंकबाट स्वीकृत भए पनि नगद बाँड्नुअघि चाहिँ मर्जरको लिखित प्रतिबद्धता पेश गर्नुपर्ने भएको हो ।
प्रतिक्रिया