नयाँ सारथी लघुवित्तले कमायो ६५ लाख ५० हजार नाफा, आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - नयाँ सारथी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २।९३ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ६७ लाख ४८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी ९.४६ प्रतिशतले बढेर ५ करोड १५ लाख २७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ४ करोड ७० लाख ७५ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ र जगेडा कोषमा २३ करोड ७७ लाख ८५ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ २० पैसाले घटेर १० रुपैयाँ २८ पैसामा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १९३ रूपैयाँ २७ पैसा रहेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया