प्रतिशेयर आम्दानी १.११ रुपैंया रहेको दिव्यश्वरी हाइड्रोपावरको नाफा २९ लाख माथि, अन्य सूचकको अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं, दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार चालु आर्थिक वर्षको असोजसम्ममा दिव्यश्वरी हाइड्रोपावरले २९ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा कम्पनी ५१ लाख ४१ हजार रुपैयाँ नोक्सानमा थियो । यता, असोज मसान्तसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २१.७८ प्रतिशतले बढाएर २ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ । 
 
गत वर्ष यस कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसअवधिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । असोज मसान्त सम्ममा जगेडा कोष २० करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ११ पैसा रहेको यसको प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ ८३२ पैसा छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया