लाभांश प्रस्तावका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको बुक क्लोज मिति तय, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ । 

बैंकले साधारसभा सहभागिता प्रयोजनार्थ र लाभांशका लागि मंशिर ६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ तसर्थ मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र १६ प्रतिशत लाभांश लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३५ औँ वार्षिक साधारण सभा मंसिर १७ गते  दरबारमार्ग, काठमाडौँस्थित आफ्नो केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया