काठमाडौं - कृषि विकास ब्यांकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय नेपाल ब्यांकर्स संघको अध्यक्षमा चयन भएका छन् । संघको ३५औं साधारणसभाले उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा एनएमबी ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी चयन भएका छन् । सदस्यहरुमा लक्ष्मी ब्यांकका अजयकुमार साह, मेगा ब्यांककी अनुपमा खुञ्जेली, नेपाल ब्यांकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई ब्यांकका दीपककुमार दे, सनराइज ब्यांकका सुमन शर्मा, माछापुच्छ्रे ब्यांकका सन्तोष कोइराला र एनआईसी एशिया ब्यांकका रोशनकुमार न्यौपाने चयन भएका छन् ।
यस्तै, सल्लाहकारमा पूर्व अध्यक्षहरू अनिलकेशरी शाह, अशोक राणा र ज्ञानेन्द्रप्रसाद ढुंगाना रहेका छन् ।
प्रतिक्रिया