वोमी लघुवित्तले गर्‍यो लाभांश प्रस्ताव, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ४१ करोड १९ लाख ४४ हजार ४०० रुपैयाँ २० प्रतिशतले हुन आउने ८ करोड २३ लाख ८८ हजार ८८० रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया