काठमाडौं, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । सभा गर्न मंगलबार कात्तिक ३० गते बुक क्लोज गर्ने भएको छ । त्यसैले सोमबार कात्तिक २९ गतेसम्म कायम रहने शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साधारण सभा मंसिर १० गते हुनेछ ।
प्रतिक्रिया