कारोबार रोक्का रहेको नाडेप लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ५६ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४।९० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७९.७७ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २२.१८ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ३२.०८ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको सापटी १४.०८ प्रतिशत घटेको छ भने निक्षेप १४.७५ प्रतिशत र कर्जा ५.२७ प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ९ पैसाबाट ३५ रुपैयाँ ७९ पैसा घटेर ९ रुपैयाँ ३० पैसामा झरेको छ । असोज मसान्तसम्ममा, लघुवित्तको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ८६ पैसा रहेको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र यस लघुवित्त बीच प्राप्ति सम्झौता भएले २०७७ पुस १६ देखि लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया