काठमाडौं - माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २९ करोड ३५ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७८५।८२ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ३१ लाख ३४ हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेर ३८ करोड ७१ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ९३ लाख ५७ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो ।
त्यस्तै, कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १० पैसाबाट बढेर १४ रुपैयाँ ९१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ७९ पैसा रहेको छ ।
प्रतिक्रिया