काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ७४ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११७.८४ प्रतिशतले धेरै हो ।
गत वर्षको यसै अवधिमा संस्थाले २ करोड १८ लाख ३ हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १६०.१७ प्रतिशतले बढेर ८ करोड ५९ लाख ६७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ३ करोड ३० लाख ४३ हजार रूपैयाँ रहेको थियो ।
पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १६८.०४ प्रतिशतले बढेर ५ करोड ४४ लाख ६४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २ करोड ३ लाख १९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ३२ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा २७ करोड ९ लाख ८० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३० पैसाले बढेर ५८ रुपैयाँ ५३ पैसा पुगेको छ ।
प्रतिक्रिया