साना किसान विकास लघुवित्त १४ करोड ३० हजार नाफा कमायो, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १६ करोड ५४ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४।५६ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १४.५६ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.१२ प्रतिशत बढेको छ भने भने जगेडा कोष १८।३५ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी १५.९५ प्रतिशत र कर्जा २९.२६ प्रतिशत बढेको छ ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैयाँबाट ३ रुपैयाँ १३ पैसा घटेर ५२ रुपैयाँ ८७ पैसामा झरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया