काठमाडौं - हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको प्रथम वार्षिक साधारण सभा आज होटल अलफ्ट, ठमेल, काठमाण्डौंमा अपरान्ह ५ बजेबाट सुरू हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत प्रथम वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा जोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ ।
लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालकको पारिश्रमिक, मता तथा सुविधा लगायतका विभिन्न प्रस्तावहरू सभामा पेश हुनेछन् ।
सभामा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पनि रहेको छ ।
प्रतिक्रिया