काठमाडौं - यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ । बैंकहरूको कर्जा लगानी भने बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हो ।
कार्तिक १७ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अघिल्लो साताको तुलनामा ९ अर्बले घटेको हो । कार्तिक १२ गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ । बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढेर ४० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । कार्तिक १२ गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
प्रतिक्रिया