१५ अर्ब रुपैयाँ बराबरको कोरोना बीमा दाबी

४ बर्ष अगाडि

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी वापत करिब १५ अर्ब रुपैयाँ बराबरको दाबी परेको जनाएको छ । समितिको पछिल्लो तथ्यांक अनुसार १ लाख ५९ हजार २२५ वटा दाबी वापत १४ अर्ब ९३ करोड ६६ लाख रुपैयाँ बराबरको दाबी परेको हो ।

त्यसमध्ये पुल मार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरुबाट १ अर्ब २८ करोड ७८ लाख रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भएको समितिले जनाएको छ । त्यस अनुसार अझै १० अर्ब १५ करोड १४ लाख रुपैयाँ कोरोना बीमा दाबी वापत भुक्तानी गर्न बाँकी छ ।

कोरोना बीमा मापदण्ड अनुसार भने नेपाल सरकारले ११ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ निकासा गर्नुपर्नेछ । १७ लाख ५८ हजार ३४३ वटा कोरोना बीमालेख जारी गरी एक अर्ब ५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया