काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडलेसंस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ४६ हजार एक सय ९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकले यसअघि असोज १८ गते एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौँमा पुग्ने गरी निवेदन दिनु पर्ने छ ।
प्रतिक्रिया