प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धनका लागि नबिल बैंक र सहजबीच सम्झौता

४ बर्ष अगाडि

काठमाडौं - नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ ।

बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन ९एसडीसी० परियोजना सहज बीच प्रदेश नं। १ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम प्रवर्द्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्झौता गरेको र सोही अनुसार बैक र सहज बीच परियोजना तयार गरिएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले एक विशेष समारोहका बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया