आदर्श लघुवित्तको नाफा १२२.६४ प्रतिशतले बढ्यो,ब्याज आम्दानी पनि बढ्यो

४ बर्ष अगाडि

काठमाडौं,आदर्श लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

वित्तिय विवरण अनुसार ६ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको त्रैमास भन्दा १२२.६४ प्रतिशतले धेरै हो । गत वर्षको यस अवधिमा कम्पनी २९ लाख ५४ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यस्तै, गत वर्ष २४ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो वर्ष ९४.२४ प्रतिशतले बढाएर ४७ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ ।
 
यो त्रैमाससम्म आइपुग्दा कम्पनीले १० लाख ५२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष कम्पनी ३३ लाख ४२ हजार रुपैयाँ  सञ्चालन नोक्सानमा रहेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढोत्तरी हुँदा नाफा चुलिएको हो । यसले खराब कर्जा पनि ४.०६ प्रतिशतबाट घटाएर १.४२ प्रतिशतमा झारेको छ । 
 
हाल यसको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ७१ लाख ५२ हजार रुपैयाँ छ । असोजसम्ममा १२ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले २५ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । आदर्श लघुवित्तले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया